काठमाडौं । पाल्पामा पूरै खोला राताम्य भएपछि स्थानीय चकित बने । यसको फोटो सामाजिक संजालमा साझा गरिएपछि विभिन्न व्यक्तिहरूले धेरै किसिमका टिप्पणी गरे । फोटो भाइरल भएपछि यस विषयमा प्रहरीले पनि चासो देखाएको थियो ।
प्रहरीको जाँचबाट झिनियाँमा राख्ने रङ्ग खोलामा फाल्दा खोला राताम्य भएको पत्ता लगाएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा पर्ने माथिल्लो डुम्रे नजिकैबाट झिनियाँमा राख्ने रङ्ग खोलामा फाल्दा खोला नै राताम्ये बनेको प्रभास प्रहरी चौकीले जनाएको छ ।
दुई दिनअघि माथिल्लो डुम्रे नजिकबाट झिनियाँमा हाल्ने रङ्ग फाल्दा डुम्रे खोला राताम्य बनेको प्रहरीले जनाएको छ । ‘उक्त रङ्ग अत्यन्त कडा हुने रहेछ’ ती प्रहरीले भने ‘त्यही रङ्गले खोला रातै बन्यो ।’ रङ्गका कारण खोला राताम्ये बनेपछि यसबारे फेसबुकमा विभिन्न टिकाटिप्पणी भएको छ । रङ्ग फाल्ने मानिसको भने पहिचान नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया