काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीलगायत सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले अनुसन्धानकै क्रममा दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाउँदै अधिवक्ता ढकालले दिएको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश जारी गरेको हो । विपक्षीलाई छलपलमा झिकाउने आदेश पनि जारी भएको छ ।
प्रतिक्रिया