निजी हेलिकप्टर तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न आग्रह

शनिबार, १८ असोज २०८२
सांकेतिक फाईल

काठमाडौं : भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरू तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोध अनुसार निजी हेलिकप्टर परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिदिन आग्रह गरेको हो ।

यससँगै मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच भएको समझदारीलाई स्मरण गराउँदै आपतकालीन उद्धार र राहत कार्यमा निजी क्षेत्रको सक्रिय सहकार्य आवश्यक भएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार