लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो

शनिबार, १८ असोज २०८२

काठमाडौँ : रसुवाको गोसाईंकुण्ड गाउँपालिका-४, बेरिङ खोल्सामा शनिवार बेलुकी आएको बाढीले चार जनालाई बगाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका निवासी अन्दाजी २५ वर्षीया संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन् ।

ब्याबोस्थित होटेलमा बास बसेका उनीहरू शनिवार लाङटाङतर्फ जाँदै गर्दा खोल्साले बगाएको प्रहरीले जनाएको छ।

घटनापछि उनीहरूका साथी रोज कर्माचार्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार