धनुषा । ‘टलविन लाइभ’ नामक अमेरिकी संस्थाको नाममा इन्टरनेट ब्राउजर मार्फत खाता खोल्न लगाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ६ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रृया अघि बढाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा विदेह नगरपालिका १ का ४० वर्षीय संजीव भिनवार यादव, कमला नगरपालिका ३ लग्माका २५ वर्षी रंजित नुनिया तथा जनकपुरधाम उपमहानगर पालिकाका विभिन्न वडाका ३० वर्षीय अंदेश महतो, ३३ वर्षीय पप्पु पूर्वे, उसमान साफी तथा माहेम्मद जिलानी साफी छन् ।
उनीहरुको साथबाट ६ थान मोवाईल, १ थान फिचर फोन, २९ हजार ५ सय ७६ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो समूहले धनुषाका विभिन्न गाउँका १ हजार ९१ जनासंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ सय ठगि गरेको प्रारम्भिक अनुसंधानमा खुलेको एसपी खडकाले जानकारी दिए ।
एसपी खड्काका अनुसार टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउन्ट खोल्न सकिन्छ । सो एकाउन्ट खोल्न कम्तिमा ३० अमेरिकी डलर लाग्छ ।
टलविन लाईफमा खाता खोलाउने ब्रोकरहरु एउटा खाता खोले वापत १५ डलर कमिशन पाउने गरेको जानकारी पनि एसपी खडकाले दिए।
प्रतिक्रिया