“चुनाव फोबिया भएको सरकारले चुनाव गर्न सक्दैन” : सूर्य थापा

विहीबार, २३ असोज २०८२

काठमाडौँ : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले अहिलेको सरकारले चुनावको डर (फोबिया) भएको भन्दै ती सरकारबाट निर्वाचन सम्भव नै नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले अनिर्वाचित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘चुनाव गराउने प्राणी नै होइनन्’ भन्दै ती नेतृत्वले लोकतान्त्रिक अभ्यासलाई ध्वस्त पारिरहेको आरोप लगाएका छन्।

थापाले लेखेका छन्, “यिनका कामको फेहरिस्तले नै बताउँछ — चुनाव फोबिया छ। यदि चुनाव गराउने मति भएको भए, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।” उनले लोकतन्त्रमा ‘हुल अफ ल’ (rule of mob) स्वीकार्य नभएको पनि उल्लेख गरेका छन्।

उनका अनुसार चार वटा सुरक्षा निकायका प्रमुखहरूले समेत सरकारका गलत आदेश अस्वीकार गरिसकेका छन्। उनले संविधान र कानुन विपरीत चल्नेहरूलाई जनताले अबको मङ्सिर नलाग्दै ‘घिसारेर कहाँ पुर्‍याउँछन्’ भन्ने चेतावनी दिएका छन्।

थापाले हालका अराजक गतिविधि, तोडफोड, आगजनी र सम्पत्ति नष्ट गर्ने कार्यलाई आपराधिक भन्दै त्यस्ता अपराधीहरू जहाँसुकै पुगे पनि उन्मुक्ति नपाउने दाबी गरे। उनले भने, “राज्यले कानुनबमोजिम कारबाही नगरे टोल टोलबाट जनकारबाही हुनेछ।”

थापाको भनाइ अनुसार, पार्टी कार्यालयदेखि निजी सम्पत्ति र ऐतिहासिक सम्पदासम्म जलाउनेहरूलाई जनताले नै न्याय दिने समय आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार