एजेन्सी । हमास र इजरायलबिचको द्वन्द्व सुरु भएदेखि गाँजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार विगत २४ घण्टामा ११६ शव फेला पारेका छन् । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् ।
कुपोषणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् ।
हमास र इजरायल बिहीबार गाँजा पट्टीमा युद्ध विराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो।
शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् ।
गाजामा शुक्रवार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको युद्ध विराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ ।
इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्ध विराम भएको हो।
सम्झौता अन्तर्गत, इजरायलले लडाइँ रोक्ने र गाँजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम् बन्धकहरूलाई रिहा गर्नेछ ।(सीसीटीभीप्लस)
प्रतिक्रिया