मधेशमा सरकार गठनका लागि कांग्रेसको पनि दाबी, एमाले र जनमतको समर्थन

बुधबार, २९ असोज २०८२

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। यसक्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो।

यसअघि बिहान लोसपा नेता जितेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार