आजसम्म यो देशमा नभएको काम गर्नेछु : हर्क साम्पाङ

आइतबार, १६ कार्तिक २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रूपान्तरणको एजेन्डा लिएर अघि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो एजेन्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रूपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौँ ।’

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने सङ्गठन हुनेछ ।

‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थेँ, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार