हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ हनुमान गेट नजिक आज(शनिबार) बिहान सवारी दुर्घटना भएको छ।
बीरगञ्जतर्फबाट आउँदै गरेको टाटा सुमो नं. ज.१ज.२८३ अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको निजी गाडी बागमती प्रदेश ३–०३१च ८६९१ सँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
ठक्करपछि निजी गाडी सडक छेउको घाँसे भागमा पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुबै सवारीका चालक तथा सवार व्यक्ति भने सकुशल रहेको र कुनै मानवीय क्षति नभएको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा दुबै गाडीमा सामान्यदेखि बढी क्षति पुगेको छ। उनीहरूको उद्धार स्थानीय बासिन्दा, पशुपतिनगरी इलाका प्रहरी कार्यालयका प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गरेका थिए। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाका कारण केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले सडक सुचारु भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया