टर्कीले जारी गर्‍यो इजरायलका प्रधानमन्त्री नेतन्याहूविरूद्ध पक्राउ पुर्जी

शनिबार, २२ कार्तिक २०८२

काठमाडौँ- टर्कीले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनको सरकारका वरिष्ठ अधिकारीविरूद्ध गाजामा गरिएको नरसंहारका आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।

समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार टर्की सरकारले यसबारे शुक्रबार आधिकारिक घोषणा गरेको हो।

इजरायलले टर्की सरकारको यो निर्णयको विरोध गरेको छ। इजरायलका विदेशमन्त्री गिडोन सारले टर्कीले लगाएका सबै आरोपको निन्दा र पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन्।

उनले भने,‘यो टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआन नामक तानाशाहको नयाँ प्रचार (पीआर) अभ्यासमात्र हो।’

इस्तानबुल अभियोजन कार्यालयको विज्ञप्तिमा कुल ३७ जना शंकास्पदविरूद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। यद्यपि सम्पूर्ण सूची सार्वजनिक गरिएको छैन।

सूचीमा इजरायलका रक्षामन्त्री इजरायल कात्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गवीर र सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम पनि रहेको छ।

टर्कीका अनुसार इजरायलले गाजामा ‘संगठित रुपमा नरसंहार’ गरेको छ। र, यसको जिम्मेवार शीर्ष अधिकारीहरूलाई अन्तर्राष्ट्रिय न्यायको दायरमा ल्याउनुपर्ने माग गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार