कैदवापत रकम बुझाएर कारागारमुक्त भए एमाले नेता पासाङ शेर्पा

सोमबार, २४ कार्तिक २०८२

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कैदवापतको रकम बुझाएर कारागारमुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार कैदवापतको रकम बुझाएपछि उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । कैद सजाय रकममा रूपान्तरण गरी तिर्न पाउन माग गर्दै शेर्पाले अदालतमा निवेदन दिएका थिए ।

अदालतले सो मागलाई स्वीकार गर्दै रकम तिरेर बाहिर निस्कने अनुमति दिएपछि उनी कारागारमुक्त भएको कारागार प्रशासनले जनाएको छ । शेर्पा १८ कात्तिकमा पक्राउ परेका थिए ।

उनीविरुद्धको बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष जेल र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार