काठमाडौं : एनसेलले ‘११.११ एनसेल एप क्याम्पेन’ सार्वजनिक गर्दै भोलि नोभेम्बर ११ (मंगलबार) का दिन ११ जना भाग्यशाली ग्राहकलाई ११ दिनका लागि ११ जीबी डेटा निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार भोलि एनसेल एपमार्फत २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरू स्वतः यो अफरमा सहभागी हुनेछन्। ११.११ उत्सवको अवसरमा एक दिनका लागि लागू हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई आकर्षक अनुभव दिलाउनु र विश्वव्यापी ११.११ ट्रेन्डसँग मेल खाने डिजिटल अनुभव प्रदान गर्नु रहेको एनसेलले जनाएको छ।
‘वन–स्टप सेल्फ–केयर एप’ का रूपमा परिचित एनसेल एपमार्फत ग्राहकहरूले भ्वाइस तथा डेटा प्याक खरिद, अनलाइन रिचार्ज, मासिक बिल हेर्ने, बाँकी सेवा ट्र्याक गर्ने, रोमिङ सुविधा व्यवस्थापन गर्नेजस्ता सेवाहरू उपयोग गर्न सक्छन्। साथै, एपमार्फत अनलाइन तथा अफलाइन गेम खेल्ने, समाचार हेर्ने र गिफ्टका रूपमा विभिन्न प्याक पठाउने सुविधा पनि उपलब्ध छ।
एनसेलले गुगल प्ले स्टोर र एप स्टोर दुवैबाट एप डाउनलोड गर्न सकिने बताउँदै ग्राहकहरूलाई भोलिको ‘११.११ अफर’ मिस नगर्न आग्रह गरेको छ।
११.११ ट्रेन्ड चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा परिचित छ, जसमा फ्ल्यास डिल, सीमित समयका छुट र विशेष अफरहरूले उपभोक्ताको आकर्षण बढाउने गरेको छ। एनसेलले यही अवधारणालाई डिजिटल सेवासँग जोड्दै नेपाली ग्राहकका लागि पनि ११.११ लाई उत्सवमय बनाउन प्रयास गरेको जनाएको छ।
प्रतिक्रिया