काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आकासिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेर २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको छ ।
बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेर ३ हजार ३४५ रुपैयाँ चाँदीको मूल्य कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया