विराटनगर । सुनसरी प्रहरीले १८ किलोभन्दा बढी गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। हिजो (बुधबार) राति करिब ११ बजे बर्जु गाउँपालिका–१ शुक्रबारेस्थित केशलिया पुलनजिक विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय दुहबीको टोलीले युवकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मोरङबाट सुनसरीतर्फ पैदल आउँदै गरेका बर्जु गाउँपालिका–३ का २२ वर्षीय मुकेश कुमार चौधरीले प्रहरीले देख्नेबित्तिकै दुईवटा कालो ब्याग फालेर भाग्ने प्रयास गरेका थिए। प्रहरीले उनलाई लखेटेर मोरङको विराटनगर महानगरपालिका–५ रिङरोडबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीको ब्याग खोलेर जाँच गर्दा करिब १८.५८ केजी (अठार किलो पाँच सय असी ग्राम) गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया