गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

विहीबार, २७ कार्तिक २०८२

गुल्मी । आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ः०० बजेसम्म र दिउँसो १२ः०० देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त सडक ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार