मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

विहीबार, २७ कार्तिक २०८२

जनकपुर : मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् ।

डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा.लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको साशनलाई सबैले मान्नुपर्ने बताए । 

उनले आफू जनकपुरधामकै भएकाले मधेश प्रदेशको हरेक पक्ष र समस्याहरुसंग आफू परिचित रहेकोले काम गर्न सहज हुने बताए । डा.लाभले हाल मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिसंगको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रष्ट पारे ।

मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवाद पश्चात मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले डा.लाभलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार