बुटवल : सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले पुनः मिसिल झिकाउने आदेश दिएको छ ।
न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले बिहीबार “थप प्रमाण आवश्यक” भन्दै अन्य सम्बन्धित मिसिल पनि झिकाउन आदेश दिएको हो ।
यसअघि २० कात्तिकमा पनि इजलासले प्रारम्भिक मिसिल मगाउने आदेश दिएको थियो । तर, अब अदालतले थप प्रमाणहरू अध्ययन गर्नुपर्ने ठहर गर्दै नयाँ मिसिलहरू समेत झिकाउन निर्देशन दिएको हो ।
प्रतिक्रिया