भारतको निर्वाचन आयोगले बिहीबार सम्पन्न बिहार विधानसभा निर्वाचन २०२५ शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ। मतदान मा सन् १९५१ पछिको सबैभन्दा उच्च सहभागिता रहेको आयोगले बताएको छ।
आयोगका अनुसार बुधबार सम्पन्न बिधानसभा निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लामा विवादका कारण पुनः मतदानको अनुरोध नआएको पनि बताएको छ ।
निर्वाचन आयोगको सञ्चारमाध्यमका लागि दिइएको आधिकारिक जानकारी अनुसार नोभेम्बर ६ र ११ मा भएको दुई चरणको निर्वाचनमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले भाग लिएका थिए ।
“बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन नपरेको आयोगले जनाएको छ।
दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले मतदानप्रति असन्तुष्टि प्रकट गर्दै कुनै पनि निवेदन नदिएको आयोगले सञ्चारमाध्यमका लागि जारी सूचनामा भनेको छ।
“अन्तिम मतदाता सूचीमा सात लाख सात करोड ४५ लाख २६ हजार ८५८ मतदाता रहेको बिहारमा एसआइआरको समयमा शून्य अपिल गरिएको छ,” आयोगको सूचनामा भनिएको छ।
निर्वाचन आयोगले नोभेम्बर १४ देखि सुरू हुने मतगणनाका लागि व्यापक व्यवस्था पनि गरेको छ ।
मतगणना सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ भने यसको निरीक्षण २४३ निर्वाचन अधिकृत, २४३ मतगणना पर्यवेक्षक, उम्मेदवार वा उनीहरूका एजेन्टहरूद्वारा हुनेछ।
मत गणनाका लागि बिहारमा कुल चार हजार ३७२ गणना टेबल स्थापना गरिएको छ।
बिहारमा विधानसभाको पहिलो र दोस्रोे चरणको मतगणना शुक्रबार बिहान ८ः०० बजे सुरु हुनेछ । सुरूमा हुलाक मतपत्रबाट मतगणना सुरु हुनेछ र त्यसपछि बिहान ८ः३० देखि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) गणना हुनेछ। इभिएम गणनाको अन्तिम चरणअघि हुलाकको मतपत्र गणना पूरा गर्नुपर्नेछ।
आयोगले सबैलाई सही र प्रमाणित अपडेटका लागि निर्वाचन आयोगद्वारा स्थापना गरेको यो पोर्टल https//results.eci.gov.in मा मात्र सम्पर्क गर्न र कुनै पनि सुनेको वा अनौपचारिक स्रोतमा भर नपर्न सल्लाह दिएको छ।
प्रतिक्रिया