कजारिया टायल्सको उपभोक्ता योजना सम्पन्न, चितवनकी योजना गुरुङ बम्पर विजेता

विहीबार, २७ कार्तिक २०८२

काठमाडौं : प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना ‘कजारियासँगै गृह प्रवेश, घुमौं देश विदेश’ सफलतापूर्वक सम्पन्न गर्दै बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ।

दुई महिनासम्म सञ्चालनमा रहेको यो राष्ट्रव्यापी योजनामा एक हजार वा सोभन्दा बढी मूल्यका कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए। योजनाअन्तर्गत ४८ जना विजेताले स्मार्टवाच जितेका थिए भने बम्पर पुरस्कारअन्तर्गत एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा व्यवस्था गरिएको थियो।

बम्पर पुरस्कार घोषणा कार्यक्रम फेसबुकमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा सयौँ दर्शकहरू सहभागी भएका थिए। कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत रमेश टायल्स र ब्रान्ड एम्बासडर अभिनेत्री दिव्या रायमाझी उपस्थित रहे।

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत रमेश टायल्सले कजारिया टायल्सप्रति ग्राहकहरूले देखाएको माया र विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै कम्पनी सधैं उत्कृष्ट गुणस्तर, आकर्षक डिजाइन र ग्राहक सन्तुष्टिमा केन्द्रित रहने बताए।

त्यस्तै, अभिनेत्री रायमाझीले पनि कजारिया परिवारको हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताउँदै भाग्यशाली विजेतालाई बधाई दिइन्।

बम्पर पुरस्कार अन्तर्गत चितवनकी योजना गुरुङ विजेता घोषित भएकी छन्। उनले मार्बल पसल, चितवनमार्फत कजारिया टायल्स खरिद गरेकी थिइन्।

कम्पनीका अनुसार यस घोषणासँगै सम्पूर्ण नेपालभरका कजारिया ग्राहक र साझेदारबीच उत्साह र खुशीको वातावरण देखिएको छ। कम्पनीले विजेता तथा सबै सहभागीहरूलाई बधाई र धन्यवाद दिंदै आफ्नो उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहक सन्तुष्टिका लागि निरन्तर प्रतिबद्ध रहने प्रतिवद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार