रवि र छविको मुद्दामा उच्च अदालतमा पेसी तोकियो

विहीबार, ०४ मंसिर २०८२

काठमाण्डौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालिन गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको मु्द्दामा विहिबार पेशी तोकिएको छ ।

लामिछानेको मुद्दामा बिहीबार एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा उनको मुद्दामा पेसी तोकिएको हो ।

बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै दिएको निवेदन बुटवल इजलासमा छ भने काठमाण्डको स्वर्णलक्ष्मी सहकारी मुद्दामा उनीविरुद्ध काठमाण्डौँ जिल्ला अदालतले गरेको आदेश ७३ नम्बरको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

काठमाण्डौँ र बुटवलका दुई अदालतमा एकै दिन पेसी तोकिएपछि कानुनी प्रतिरक्षाका लागि कसरी सहभागी हुने भन्ने विषयमा कानुन व्यवसायीहरू छलफलमा छन् ।

यस्तै जोशीको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले पेसी चढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार