आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

विहीबार, ०४ मंसिर २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । 

बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए । 

उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर यो समावेशिताको मर्मलाई अपनाएर अगाडि बढिरहेको पार्टी हो यसमा हामीले धेरै काम गर्न बाँकी नै छ । हाम्रो नियत, प्रयास सहि दिशामा छ जस्तो लागेको छ र आज त्यसैको सानो झलक देखिएको छ ।’

यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन् । 

फागुन २१ को निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने उद्घोषका साथ अगाडि बढेको पनि उनको भनाई छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार