विश्व ध्यान दिवस: मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा प्रयोगात्मक ध्यान कक्षा (तस्बिरहरूसहित)

सोमबार, ०७ पुस २०८२

इटहरी । विश्व ध्यान दिवसको अवसरमा इटहरीस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलले कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरेको छ। 

विद्यार्थीहरूको मानसिक स्वास्थ्य, एकाग्रता तथा आत्मअनुशासन अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई त्राटक ध्यान तथा भ्रामरी ध्यानका व्यावहारिक अभ्यासहरू गराइयो। यी ध्यान विधिहरूले ध्यान केन्द्रित गर्ने क्षमता बढाउने, मानसिक तनाव घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

ध्यान कक्षा विद्यालयका प्रधानाध्यापक पदमराज सापकोटाको प्रत्यक्ष निर्देशनमा सञ्चालन गरिएको थियो। सो अवसरमा प्रधानाध्यापक सापकोटाले विद्यार्थी जीवनमा ध्यानको महत्वबारे प्रकाश पार्दै नियमित ध्यान अभ्यासले अध्ययनमा एकाग्रता बढाउनुका साथै सकारात्मक सोच र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

WhatsApp Image 2025-12-22 at 8.08.45 AM

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले ध्यान अभ्यास उपयोगी, अनुभवजन्य र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। 

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता जीवनोपयोगी तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

WhatsApp Image 2025-12-22 at 8.08.49 AMWhatsApp Image 2025-12-22 at 8.08.48 AM (1)WhatsApp Image 2025-12-22 at 8.08.48 AMWhatsApp Image 2025-12-22 at 8.08.47 AM (1)WhatsApp Image 2025-12-22 at 8.08.47 AMWhatsApp Image 2025-12-22 at 8.08.46 AM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार