जसपा नेपाल र जसपाबीच पार्टी एकता

सोमबार, १४ पुस २०८२

काठमाडौ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको विषयमा सहमति भएको छ । पार्टी एकताका विषयमा सहमति पत्रमा हस्ताक्षरसमेत भएको जनाइएको हो । 

यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो । विगतमा एउटै दलमा रहेका उपेन्द्र र रेणुहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै पार्टी एकता गर्ने सहमति भएको छ । जसपा र जसपा नेपाल विचको एकताले मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको सरक्षण एवं संवद्र्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि एकताको सहमति गरिएको जनाइएको छ। 

 

जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिएका छन् । बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गरी एकताको घोषणा गरिएको समेत नेता यादवले बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार