सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्छः गगन

मंगलबार, ३० जेठ २०८०
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु नहुने उनले बताए । प्रधानमन्त्रीमा सभापतिबाहेक अरु जोसुकै भए पनि हुने महामन्त्री थापाले बताए । ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन । अरू जोसुकै बने पनि हुन्छ ।’ सभापति देउवाले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए। ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार