चार देशीय महिला टी-२० शृङ्खलामा नेपाल र मलेसिया आज खेल्दै

शुक्रबार, ०८ भदौ २०८०
काठमाडाै । चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि खेल्नेछन् । त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार