उपाधिका लागि आज नेपाल र हङकङ खेल्दै

शनिबार, ०९ भदौ २०८०
काठमाडाै । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन् । फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् । नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो । नेपालले कुवेत र हङकङलाई हराएको थियो । हङकङ पनि मलेसियाभन्दा नेटरनरेटमा अघि रहँदै फाइनलमा पुग्यो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार