काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अन्तिम अभ्यास खेल आज खेल्दैछ। विश्वकप छनोटको तयारीस्वरुप मलेसियामा आज नेपाली टिमले थाइल्यान्डविरुद्ध अभ्यास खेल खेल्न लागेको हो । छनोटको तयारीकै लागि यसअघि नेपालले खेलेको चार देश सम्मिलित टी-२० शृंखलामा उपाधि जितेको थियो ।
थाइल्यान्डले भने छनोट प्रतियोगिता अघि पहिलो अभ्यास खेल्न लागेको हो। थाइल्यान्डले यसै वर्ष दक्षिण अफ्रिकामा भएको महिला विश्वकप नै खेलिसकेको छ। तर नेपालले भने अहिलेसम्म विश्वकप खेल्ने अवसर पाएको छैन। आजको खेल नै नेपाल र थाइल्यान्डको अन्तिम तयारीसमेत हुनेछ। मलेसियामा भदौं १४ गतेदेखि सुरु हुने विश्वकप छनोटमा थाइल्यान्ड समूह ‘बी’
मा हुँदा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा आयोजक मलेसिया, युएई, बहराइन, भुटान र कतार छन्। प्रतियोगिताको समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। प्रतियोगिताको फाइनल पुग्ने टोलीले अर्को वर्ष हुने ग्लोबल क्वालिफायर खेल्नेछ।
प्रतिक्रिया