एसिया कप : नेपाल पाकिस्तानको सामना गर्दै

बुधबार, १३ भदौ २०८०
काठमाडौं । नेपालले आज एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । यो खेल दिउँसो पौने ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । एक दिवसीय क्रिकेटमा विश्वकै सबैभन्दा बलियो टिमविरुद्ध १४ स्थान तल रहेको नेपालको प्रतिस्पर्धा आफैँमा चुनौतीपूर्ण हुनेछ । तर मोन्टी देशाईको टिमले यो चुनौतीलाई अवसरका रुपमा लिएको छ । विश्व वरीयताको शीर्षस्थानमा रहेको टिमविरुद्ध नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न लागेको हो । सन् १९९२ को विश्वकप तथा २००९ को टी-२० विश्वकप विजेता टोलीका तर्फबाट शीर्ष वरीयताका बाबर अजाम, तेस्रो स्थानका इमाम–उल–हक तथा पाँचौँ स्थानका फखर जमानले नेपालविरुद्ध ब्याटिङ गर्ने छन् । पाकिस्तान बलिङमा झनै बलियो छ । साहिन अफ्रिदी बलिङका ग्लोबल स्टार हुन् भने हरिष रौफ, मोहम्मद नवाज र शदाब खानले पाकिस्तानको बलिङलाई झनै बलियो बनाएका छन् । पाकिस्तानका कप्तान बाबर अजामले नेपाललाई कमजोर रुपमा नलिने बताएका छन् । नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो अन्तिम ११ घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार