काठमाडौं । एसिया कप-२०२३ को रोमाञ्चक भिडन्तमा विश्व क्रिकेटका दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज आमने सामने हुँदैछन् । श्रीलंकको क्यान्डीमा नेपाली समयअनुसार दिउँसो सवा तीन बजे खेल सुरु हुने छ ।
समूह चरणको पहिलो खेल खेलिरहेको भरतीय टोली कप्तान रोहित शर्मा र विराट कोहली जस्ता अनुभवी खेलाडीहरूमा भर पर्नेछ । बलिङ फ्रन्टमा, मोहम्मद शामी र जसप्रित बुमराह भारतको प्रमुख अस्त्र हुन् ।
के एल राहुलले समूह चरणका खेलहरु गुमाउने भएपछि उनको नम्बर चार र पाँचको ब्याटरको टुङ्गो लागिसकेको छैन । भारतीय कप्तान रोहित शर्माले पाकिस्तानको फास्ट बलिङविरुद्ध पर्याप्त गृहकार्य गरेको बताएका छन् ।
अर्कोतर्फ उद्घाटन खेलमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको पाकिस्तानले आफ्नो अन्तिम ११ घोषणा गरिसकेको छ । पाकिस्तानले नेपालविरुद्धको खेलेको टोलीलाई नै भारतसँगको खेलका लागि मैदान उतार्ने छ ।
नेपालविरुद्ध कप्तान बाबर आजम र इफ्तिखार अहमदले उत्कृष्ट प्रदर्शन गर्दै विस्फोटक शतक बनाए । त्यसपछि बलिङ युनिटले नेपालको ब्याटिङलाइन अफलाई तहसनहस पारेको थियो ।
म्यान इन ग्रीन भारतविरुद्धको हाई प्रोफाइल खेलमा आफ्नो प्रदर्शन दोहोर्याएर सुपर फोरमास्थान सुरक्षित गर्न चाहन्छ । खेल अघि बाबर र विराटले एक अर्काको तारीफ गरेका छन् ।
रोहित शर्मा र शाहीन साह अफ्रिदी बीचको भिडन्त सबैभन्दा रोमाञ्चक लडाइहरू मध्ये एक हुनेछ । बायाँ हाते फास्ट बलरहरुविरुद्ध रोहित शर्माको प्रदर्शन खास छैन । सीमित ओभर क्रिकेटमा अफ्रिदीले भारतीय कप्तानलाई धेरै पटक आउट गरेका छन् ।
दोस्रो मिनी लडाई बाबर आजम र मोहम्मद शामी बीच देख्न सकिने छ । विश्व नम्बर १ टोलीका कप्तान र एकदिवसीय क्रिकेटका शीर्ष वरीयताका खेलाडी बाबरविरुद्ध भारतीय बलरहरुले कस्तो तयारी गरेका छन् हेर्न लाएक हुने छ ।
भारत र पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय २३ पटक एक अर्काविरुद्ध खेलेका छन् । पाकिस्तानले ७३ र ५५ खेल जितेको छ ।
प्रतिक्रिया