यूएईसँगको खेल रद्द भएपछि नेपाल उपविजेता

बुधबार, २० भदौ २०८०
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र र यूएईबीचको खेल वर्षाका कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङ्ग टर्फ क्लबमा आजका लागि तय भएको खेल वर्षाले प्रभावित हुँदा टससमेत नभई रद्ध भएको हो । योसँगै एक–एक अंक बाँडेको नेपाल समूह ‘ए’ को उपविजेतामा सीमित भएको छ । समूह चरणका चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेका नेपाल र यूएईको समान ९ अंक भएपनि नेट रनरेटका आधारमा नेपाल पछि पर्दै उपविजेता बनेको हो । यसअघि नेपाल समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो । अब नेपालले आगामी शुक्रबार समिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । समूह ‘बी’ अन्तर्गत आजै हङकङ र थाइल्यान्डबीच खेल हुँदै छ । यस खेलबाट नेपालको प्रतिद्वन्द्वी तय हुनेछ । यूएईले भने समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलमा नेपाल विजय भएमा महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पर्नेछ । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार