भारत यू-१६ साफ च्याम्पियन

सोमबार, २५ भदौ २०८०
काठमाडौं । बंगलादेशलाई पराजित गर्दै भारत यू-१६ साफको च्याम्पियन बनेको छ। भुटानको चाङ्लिङथान रंगशाला आइतबार भएको फाइनलमा बंगलादेशलाई २-० गोलले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । भारतको तर्फबाट भरत लैरेंजम र लेभिस जाङ्–मिनलुनले गोल गरे । खेलको आठौँ मिनेटमै भरतले गोल गरेपछि पहिलो हाफमा भारत १-० ले अघि रह्यो। खेलको ७४ औँ मिनेटमा लेभिसले गोल गर्दै टोलीलाई २-० को को सहज जित दिलाए । भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ८-० ले पराजित गर्दै अर्को चरणमा पुगेको थियो। त्यसैगरी भारतले समूह चरणको खेलमा बंगलादेश र नेपाललाई हराएको थियो। बंगलादेशले भने सेमिफाइनलमा पाकिस्तानलाई २-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा सहभागी नेपाल भने भारत र बंगलादेशसँग समान १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार