अन्तर स्कुल बास्केटबलको फाइनलमा एभरेष्ट

बुधबार, २७ भदौ २०८०
विराटनगर।  विराटनगर - ५ स्थित एभरेष्ट स्कुल विराटनगरमा जारी अन्तर स्कुल बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा विराटनगरकै सगरमाथा स्कुललाई  पराजित गर्दै एभरेष्ट फाइनल प्रवेश गरेको हो । मंगलबार एभरेष्ट स्कुलमा भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुल विराटनगरलाई २८–१६  अंकले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका अक्षत मण्डल घोषित हुनु भयो  । उपाधिका लागि एभरेष्टले शुक्रबार हुने पोखरीया र विकेभिएम स्कुलबीचको सेमीफाइनल विजेतासँग प्रतिष्पर्धा गर्ने छ । समूह चरण पार गर्दै एभरेष्ट, समगरमाथा, विकेभिएम र  पाेखरीया स्कुल अन्तिम चारमा पुगेका थिए। विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा  ८ वटा स्कुलले सहभागिता जनाएका थिए। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार