एसिया कप क्रिकेटः सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

शुक्रबार, २९ भदौ २०८०
एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच भिडन्त हुँदैछ। यो खेल ‘डेड रबर म्याच’ हो। किनकि भारत फाइनलमा पुगिसकेको छ भने बंगलादेश प्रतियोगिताबाट बाहिरसकेको छ। कोलम्बोमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ। उपाधिका लागि आइतबार श्रीलंकासँग भिड्ने तयारीमा रहेको भारत प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने लक्ष्यमा छ। हालसम्म अपराजित भारत आज पनि खेल जित्दै फाइनल अघि आत्मविश्वास अझ बलियो बनाउन चाहन्छ। तर आजको खेलमा भारतले केही खेलाडीलाई विश्राम पनि दिन सक्छ। उता यस खेलमा गुमाउनु पर्ने केही नरहेको बंगलादेश पनि जितका साथ एसिया कपको अन्त्य गर्न चाहन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार