काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् । १९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ । जापान विश्वकप विजेता समेत हो । नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ ।
प्रतिक्रिया