१९औं एसियाडको पुरुष भलिबलमा नेपाल र बहराइनको खेल आज

मंगलबार, ०२ असोज २०८०
काठमाडौं । १९औं एसियन गेम्स (एसियाड) अन्तर्गत आज नेपालले पुरुष भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ । पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ । समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा इरानसँग खेल्नेछ । पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा र नयाँ खेलाडीहरु धेरै छन् । मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् । समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । समूह चरणबाट बाहिरिए नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार