किरात राई खेलकुद संघ अध्यक्षमा शोभा

बुधबार, ०३ असोज २०८०
इलाम । जिल्ला फुटबल संघ सदस्य शोभा राईको अध्यक्षतामा किरात राई खेलकुद संघ गठन भएको छ । उपाध्यक्षमा दिलीप बुताङ राई र गणेश राई चयन भएका छन् । सचिवमा संजीव राई, सहसचिवमा सोहन राई, कोषाध्यक्षमा उर्मिला राई चयन भएका छन् । सदस्यमा सन्देश राई, प्राप्ती राई, सन्चोक राई, लेखराज राई, मोहन राई, सन्तोश राई, पवन राई, शतिस राई र तिर्थमान राई चयन भएका छन् । पुष्पा राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई खेलकुद संघका केन्द्रिय सदस्य बिक्रम राई र किरात राई यायोख्खाका इलाम अध्यक्ष हर्क माया राई, सचिव प्रेम राई बिषेश अतिथि थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार