पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

बुधबार, ०३ असोज २०८०
काठमाडौं ।  १९औं एसियन गेम्स अन्तर्गत चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ । समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३-१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । १९औं एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार