धरानमा रेफ्री कोर्ष प्रशिक्षण सुरु

विहीबार, ०४ असोज २०८०
धरान । कोसी प्रदेश फुटबल संघको आयोजनामा रेफ्री कोर्ष प्रशिक्षण सुरु भएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सात दिने रेफ्रिहरुको बेसिक कोर्स (क्याटेगोरी ‘डि‘)को प्रशिक्षण बुधबार सुरु भएको छ । प्रशिक्षणमा कोसी प्रदेशका एकसय २ जनाको सहभागीता छ । कोसी प्रदेश फुटबलको उर्बर भूमि रहेको र यहाँ धेरै प्रतियोगिताहरु भइरहने भएकोले रेफ्रि कोर्ष राखिएको कोशी प्रदेश फुटबल सघका महासचिव भगिरथ आले मगरले बताए । उनका अनुसार सिमित सिटम रेफ्रि कोर्ष गर्ने योजना बनाएको भएता पनि सहभागीहरुको सख्या धेरै भएकोले दुई समुह बनाएर प्रशिक्षण सुरु गरिएको हो । एन्फा रेफ्रि इन्स्टक्टर श्रीराम रञ्जितकार, रेफ्री एडमिनिस्टर रोजन श्रेष्ठ, फिटनेस इन्स्टक्टर शैलेस जोशी र जेनेरल कोअर्डिनेटर मधुसुदन खनालले प्रशिक्षण दिइरहेका छन् । सात दिनसम्म चल्ने प्रशिक्षण पश्चात सफल प्रशिक्षार्थीलाई ‘डि क्याटेगरीको लाइसेन्स दिइने प्रशिक्षक रोजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार