साफ यू-१९ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

विहीबार, ०४ असोज २०८०
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप काठमाडौंको दशरथ रंगशालामा आज सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत घरेलु टोली नेपालले पहिलो खेल साँझ साढे ५ बजे पाकिस्तानसँग खेल्दैछ । त्यसअघि दिउँसो साढे १ बजे हुने उद्घाटन खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । घरेलु टोली नेपालले उपाधिको लक्ष्य राखेको बताउँदा साविक विजेता भारतले आफूलाई सबैभन्दा बलियो दाबेदार भएको प्रतिक्रिया दिएको छ । प्रि-म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद् टिम लयमा रहेको बताए । प्रशिक्षक सुनील श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार