फिफा वरीयता : अर्जेन्टिना शीर्ष स्थानमा, नेपाल १७५औँ

विहीबार, ०४ असोज २०८०
काठमाडौं । विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन् । वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चगुल एक स्थान माथि उक्लिँदै आठौँ, इटाली एक स्थानख स्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन् । नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत छ । यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । भारत भने १०२औँ स्थानसहित पहिलो छ । १५५ औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ । दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ । बंगलादेश १८९ औँ स्थानमा छ । पाकिस्तान १९७औँ स्थानमा रहँदा श्रीलंका २०२औँ स्थानमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार