काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् ।
लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया