एसियाली खेलकुद : नेपाली महिला फुटबल टिम आज जापानसँग खेल्दै

सोमबार, ०८ असोज २०८०
काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत आज नेपालका बास्केटबल, महिला फुटबल, बक्सिङ, टेनिस, रग्बीलगायतका खेल हुँदैछन्। प्रतियोतिगामा नेपालले निकै कमजोर सुरुवात गरेको छ। आइतबार भएका खेलमध्ये टेनिसका प्रदिप खड्काले पहिलो चरणमा जित दर्ता गरेका थिए । त्यसैगरी तेक्वान्दोको प्रेमबहादुर लिम्बुले पहिलो खेलमा जित दर्ता गरे पनि मेडल लिनबाट भने चुके। बाँकी कुनै खेलाडीले पहिलो चरण पार गर्न सकेनन्। आज नेपाली महिला फुटबल टिमले स्थानीय समयअनुसार साँझ साढे ७ बजे जापानसँग खेल्ने तालिका छ। विश्व विजेतासमेत बनिसकेको जापानसँग अनुभव बटुल्ने उद्देश्यले खेल्नेछ। नेपाली महिला टिमले यसअघि भियतनामसँग २–० को पराजय व्यहोरेको थियो। थ्री बाई थ्री बास्केटबल महिला टिमले पनि जापानसँग दिउँसो सवा तीन बजे खेल्ने तालिका छ। त्यसैगरी, बक्सिङका तीन खेलमा नेपाल सहभागी हुनेछ। दिउँसो तीन बजे हुने खेलमा नेपालका प्रविन थापाले इन्डोनेसियाका डियो कोएवानुको सामना गर्नेछन्। पुरुषतर्फकै अर्को खेलमा भारतका निशान्त देवले दिपेश लामासँग खेल्नेछन्। महिलातर्फको खेलमा भने विनिता थापा मगरको पहिलो वाउटमा ताइवानकी चिन नेइनको सामना गर्नेछिन्। नेपाली बक्सिङ मेडलको आशासहित एसियाडमा सहभागी बनेको छ। आज फेन्सिङमा नेपालका ६ खेलाडीले एकैदिन २३ खेल खेल्ने तालिका छ। उनीहरुको खेल बिहानैदेखि सुरु हुनेछ। त्यस्तै टेनिसको आठ प्रतिस्पर्धामा नेपाल सहभागी बन्नेछ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार