पब्जीमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

शनिबार, १३ असोज २०८०
काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पदकको आशा गरिएको पिस एलिट पब्जी मोबाइलमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । हाङचउ ई-स्पोर्टस सेन्टरमा आज सम्पन्न सेमिफाइनलको समूह-एमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । सोसँगै पब्जी मोबाइलमा पदक जित्ने नेपालको सम्भावना समाप्त भएको छ । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गरे । नेपाल समूहमा तेस्रो स्थान आसिल गर्दा जापान परछारा रहँदै बाहिरियो । नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउन्ड सकेको थियो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो । ई-स्पोर्ट्सको अर्को विधा डोटामा नेपालले आजै प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार