भारतसँग पराजित भएसँगै महिला ल्यान्डबलमा नेपालको चुनौती समाप्त

शनिबार, १३ असोज २०८०
  काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो । नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार