एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतको सामना गर्ने

सोमबार, १५ असोज २०८०
काठमाडौं । एसियाली खेलकुदको क्रिकेटतर्फको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने भएको छ। चीनको हाङ्चोउमा आज बिहान सम्पन्न ड्रबाट क्वार्टरफाइनलमा नेपाल र भारत आमनेसामनो हुने निधो भएको हो। नेपाल र भारतको खेल भोलि बिहान पौने ७ बजे झिजियाङ क्रिकेट मैदानमा हुनेछ । नेपालले समूह ‘ए’को पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको थियो। तीन हप्ताअघि भारतसँग एसिया कपमा नेपालले १० विकेटको पराजय बेहोरेको थियो। अहिले एक दिवसीय विश्वकपमा व्यस्त भारतले एसियाली खेलकुदमा भने दोस्रो टोली पठाएको छ। एसियाली खेलकुदमा पदक जित्ने अपेक्षा गरिएको क्रिकेटले बलियो विपक्षीको सामना गर्नु पर्ने भएको छ। नेपालसहित हङकङ र मलेसिया प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बाँकी पाँच टिमले भने सिधै क्वार्टरफाइनल खेल्ने पहिल्यै तय भएको थियो। भोलि नै हुने अर्को खेलमा हङकङले पाकिस्तानको सामना गर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार