एसियाली खेलकुद : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

मंगलबार, १६ असोज २०८०
काठमाडौं । १९ औँ एसियाली खेलकुदको क्रिकेटतर्फको क्वार्टरफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेको छ । एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा नेपालविरुद्ध टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आज टिममा एक परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर विनोद भण्डारीलाई आराम दिइएको छ भने करण केसी टिममा फर्किएका छन् । भारतले सिधै क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेलेको हो । नेपाल टी-२० आई वरीयतामा १६ औँ र भारत शीर्ष स्थानको टोली हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टी-२० आई वरीयताको शीर्ष टोली र विश्वकप विजेतासँग खेलेको हो । ओडीआईमा भने नेपालले अघिल्लो महिना एसिया कपमा भारतसँग र पाकिस्तानसँग खेलेको थियो । भारतले एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा आईपीएलमा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई सन् २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ । तीन हप्ताअघि भारतसँग एसिया कपमा नेपालले १० विकेटको पराजय बेहोरेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार