त्यसअघि भएको खेलको पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । वडा नम्बर ३ का लागि खेल सुरु भएको १७ औं मिनेटमा सन्तोष राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै बिर्तामोड–४ ले जवाफी गोल फर्काएपछि बिर्तामोड–३ को अग्रता धेरै बेर कायम रहन सकेन् । बिर्तामोड–४ का लागी पहिलो हाफको २० मिनेटमा बिशाल बस्नेतले जवाफी गोल फर्काएका थिए ।
टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड–४ का गोल रक्षक अनुराग श्रेष्ठ आजको खेलको ‘म्यान अफ दि म्याच’ चुनीए । उनले नगद १५सय पुरस्कार पाए ।
पहिलो खेल अघि औपचारीक समारोहकाबीच प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन । उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपुर्ण रंगशालाको रुपमा विकास गर्न मास्टर प्लान बनाएर अघि बढ्ने बताए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुंङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निबर्तमान नगरप्रमुख धुर्वकुमार शिवाकोटी, वडाअध्यक्षहरु किशोर पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, सुर्यप्रसाद कन्दंवा, अविरलकृष्ण खरेल लगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर ६ र वडा नम्बर ९ बिच क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । फाईनल खेल कात्तिक २ गते हुने छ । 
प्रतिक्रिया