स्थानीय लक्ष्मीधाप स्पोर्टस क्लब आयोजक र युवा तथा खेलकुद समिति सहआयोजक रहेको प्रतियोगिताका विजेता र उपविजेता टिमलाई नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी देबेन्द्र तामाङ(शनिश्चरे), फाइनलका उत्कृष्ट खेलाडी निमा तामाङ(शनिश्चरे), उत्कृष्ट गोलरक्षक अनुप तामाङ(शनिश्चरे), उत्कृष्ट रक्षक पेमा तामाङ(शनिश्चरे), उत्कृष्ट मिडफिल्डर सौगात गोम्देन(शनिश्चरे), उत्कृष्ट फरवार्ड रोमन भूजेल(बुट्टाबारी), सर्वोत्कृष्ट गोलकर्ता निमा तामाङ(शनिश्चरे), उत्कृष्ट प्रशिक्षक तुसार प्रधान(शनिश्चरे) र उदीयमान खेलाडी सिद्धान्त लिम्बू(आयोजक) घोषित भएका छन् । उनीहरुलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता, उपविजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय खगेन्द्र इङनाम र हरिशचन्द्र बाँस्तोला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, राष्ट्रिय कलाकार विल्सनविक्रम राई, चलचित्र निर्देशक उदय सुब्बालगायतले पुरस्कृत गरेका थिए ।
क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा रेफ्री संघ झापाका पूर्व अध्यक्ष प्रदीप बस्नेतलाई सम्मान पत्रसहित नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न दाता र संस्थासहित लक्ष्मीधाप क्षेत्रका ५१ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको बताइएको छ । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
प्रतिक्रिया