दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेका हुन् । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी अघि भन्छन्, ‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’
यसबर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या नभएको आयोजक संस्था राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल बताउँछन् । उनी भन्छन्, ‘हामीपनि बिगत लामो समयदेखी रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमि आएको अनुभूति गरेका छौं ।’ यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो ।
दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।
प्रतिक्रिया